हावाबाट ऊर्जा निकाले र डेनमार्कले २०१५ को कीर्तिमान कायम गरेको छ । इनर्जिने टका अनुसार , डेनमार्कभरि खपत हुने बिजुलीमध्ये ४२ प्रतिशत हिस् सा वायुऊर्जाले ओ गटे को छ । अघिल्लो वर्षभन्दा यो वर्ष वायु ऊर्जाबाट बढी विद्युत उत्पादन भएको छ र १० वर्षसम्म कायम र हने जनाइएको छ । वायुबाट ऊर्जा निकाल्ने अन्य थुप्रै देश छन् तर पनि ठूलो परि माणमा ऊर्जा निकाल्ने डेनमार्क नै हो । पेरिसमा आयो जित विश्व जलवायु सम्मे लनमा डेनमार्क सर कारले २०२० सम्ममा कुल ऊर्जाको ५० प्रतिशत माग वायुबाट पूर्ति गर्ने र २०३५ सम्ममा ८४ प्रतिशत बनाउने घोषणा गरेको छ । डेनमार्कको दक्षिणी भागमा वायु ऊर्जाको मुख्य केन्द्र छ । त्यसबाट उत्पादन हुने ऊर्जा सो क्षेत्रमा खपत हुन नसके र छिमे की देशमा वितरणसमेत गर्ने गरिएको छ । अहिले सम्म १,२०० मेगावाट वायुऊर्जा उत्पादन गर्ने दुईओटा कार्यक्रम सञ्चालन भइरहेका छन् । निकट भविष्यमा नै अर्को १,००० मेगावाट वायुऊर्जा उत्पादन गर्ने लक्ष्य छ । यो वायुउर्जाले ३,००,००० भन्दा बढी घरमा विद्युत आपूर्ति गर्न सकिने जनाइएको छ ।
वर्ष १४, अंक १२, फागुन २०७२