काठमाडौं उपत्यकाका सडकमा सवारी साधनको चाप अत्यधिक रहन्छ । काँठ क्षेत्रका बासिन्दाले दूध दिन छाडे का बूढा गाई र दूधकै प्रयोजनका लागि पालेका गाईले जम्माएका बाच्छालाई सानै मा छाडा छोडिदिँदा सडक अस्तव्यस्त भइरहेको देखिन्छ । त्यसमाथि बाटो काट्ने क्रममा गाडीले लागे र मरेका कुकुर र बिराला धेरै दिनसम्म बाटो छेउमा दुर्गन्धित भइ रहेको दृश्य सामान्य लाग्छन् राजधानीमा । यसबाट मानव स्वास्थ्य र वातावरणमा पर्ने असरको हेक्का कसैले पनि राखेको पाइन्न । यसतर्फ हाका–हाकीको ध्यान गएर जनताको स्वास्थ्य र वातावरणसँग प्रत्यक्ष जोडिएका यस्ता विषयले स्थान पाए सम्बन्धित सरोकारवालाको घैँटामा घाम लाग्थ्यो कि !
अविनाश श्रेष्ठ, कलंकी, काठमाडौ
वर्ष १४, अंक १२, फागुन २०७२