चक्षुविक्रम मल्ल
वनस्थली, काठमाडौ

म दिनहुँजसो वनस्थली–ठमेल–झम्सीखेल पुग्दा करिब १५–१६ किमी यात्रा साइकलबाट गर्छु । साइकलमा ओहोरदोहोर गर्न थालेको ३ वर्ष भयो । आफ्नो स्वास्थ्य र वातावरणलाई जोगाउन साइकलभन्दा सस्तो, भरपदोर् अकोर् उपयुक्त साधन मैले देखेको छैन । तर, काठमाडौका सडक साइकलमैत्री छैनन् । साइकल चलाउनेका लागि रिङरड सबैभन्दा खतरनाक छ । ठूलो सवार साधनले पेल्छन् । हेपाइको त झन के कुर गर्नु ? साइकल लेन छैन । गाडी गुड्ने बाटोमा साइकल कुदाउँदा जोखिम निकै धेर हुन्छ । चोक काट्न धेर गाह्रो छ । साइकल चलाउने बढे पनि सडक साइकलमैत्री छैनन् । काठमाडौलाई साइकल सिटी बनाउन नसकिने होइन तर यसका लागि सबै सडकमा लेन हुनुपर्छ । जहाँ साइकल निर्धक्क चलाउन पाइयोस् ।
वर्ष १३, अंक १२, पुस २०७१