अमृत पुडासैनी
नयाँ बानेश्वर

काठमाडौ ंको पार्किङ ज्यादै अस्तव्यस्त लाग्छ । पार्किङ व्यवस्थित नहुँदा सर्वसाधारण जाममा पर्ने गरेका छन् भने पार्किङ गर्नेले पनि सशुल्क पार्किङमा समेत समस्या भोग्नुपरेको छ । पैसा तिरेर पनि चाहिएको स्थानमा पार्किङ गर्न नपाउने, पार्किङ गरेको सवारी साधन सुरक्षित नहुने, मनपर ी शुल्क असुल्ने जस्ता समस्या छन् ।

सवारी साधन गुडाउनका लागि सडक फराकिला पार्ने काम गरि एकोछ तर सवारीसाधन रोक्न उचित पार्किङ स्थल निर्माण गर्नुपर्छ भन्ने आधारभूत
कुरा पनि सम्बन्धित निकायले बिर्सिएको जस्तो देखिन्छ । काठमाडांै मा पार्किङको उचित व्यवस्थापन नहुँदा सवारीधनीले मात्र होइन, सर्वसाधारणले पनि
दुःख पाइरहेका छन् । धेरै ठाउँमा पार्किङ स्थल नहुँदा सवारी साधनको भीड बढ्ने र जाम हुने भएकाले समयमा नै गन्तब्यमा नपुग्नु सामान्य बन्दै छ । अझ
तोकिएको स्थानमा पार्किङ नगर्ने, जथाभावी सवारी साधन रोकेर यात्रु चढाउने, ओराल्नेजस्ता गतिविधिले समस्या थपिएको छ । स्थानीय वासिन्दा स्वयं नलागी सहर सुन्दर र व्यवस्थित बनाउन सकिँदै न । सबै लै आ–आफ्नो स्थानबाट सहभागिता जनाउनुपर्छ । यसमा सम्बन्धित निकाय नै अग्रसर हुनुपर्छ । यदि ध्यान
दिएनन् भने समस्या बढेर जाने निश्चित छ । विशेष गरेर पार्किङको विषयमा सरोकार राख्ने काठमाडौ ं महानगरपालिका र ट्राफिक प्रहरीले अझै पनि चासो दिएको देखिँदै न । विकराल र अव्यवस्थित बन्दै गएको पार्किङ समस्यालाई व्यवस्थित बनाउन यी निकायले क्रियाशील भएर काम गरेमात्र सर्वसाधारणको भलो हुनेछ ।
वर्ष १२, अंक ४, बैसाख २०७१