फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भईरहेको जलवायु परिवर्तनसम्बन्धी बिश्व सम्मेलनको पूर्व सन्ध्यामा पेरिसको चर्चित इफिल टावर संरक्षणका विभिन्न सन्देशहरूले झिलिमिलि हुँदा निकै आकर्षक देखियो । कोप–२१ भनिने यस सम्मेलनमा सहभागी हुन आएका बिश्वभरका हजारौंको ध्यान शतप्रतिशत नवीकरणीय उर्जाप्रति आकृष्ट गर्न र बिश्वभरका बनको संरक्षणमा जोड दिन सो प्रदर्शन गरिएको थियो ।

कलाकार नजिहा मेस्तोउईले तयार पारेको सो प्रदर्शनी गरिएको बिश्व प्रसिध्द इफिल टावर हालसालै शतप्रतिशत नवीकरणीय उर्जाबाट संचालित हुने गरि परिमार्जन गरिएको जनाइएको छ । ‘हामी सबै मिल्यौं भने जे पनि सम्भव छ भन्ने सन्देश दिनका लागि यो प्रदर्शन तयार पारिएको हो,’ कलाकार मेस्तोउई भन्छन्, ‘हामीले बनको संरक्षण गरेर र प्राकृतिक स्रोतहरू घाम, हावा र पानीको उपयोगबाट शतप्रतिशत नवीकरण्ीय उर्जाको प्रयोग गर्न सक्यौं भने भावी पुस्ताका लागि सुरक्षित संसार बनाउन सक्छौं ।’

ुज्ञ ज्भबचत ज्ञ त्चभभु (१ मुटु १ रुख) नाम दिइएको उक्त प्रदर्शन कोप–२१ अवधिभर गरिने छ ।

बर्ष १४, अंक १०, पुस २०७२