सन् २०१६ मा विश्वमा घुम्नैपर्ने ठाउँमा नेपाल पनि समावेश भएको छ । नेसनल जियोग्राफिक ट्राभलरले सन् २०१६ मा घुम्नैपर्ने १६ वटा ठाउँको सूचीमा नेपाललाई छैटौं नम्बरमा राखेको छ ।
के तपाई नयाँ वर्षको लागि घुम्ने योजना बनाउँदै हुनुहुन्छ या नयाँ वर्षमा कुन कुन ठाउँमा जाने भनेर सोच्दै हुनुहुन्छ, त्यसो हो भने तपाईंलाई यी ठाउँ धेरै नै उपयोगी हुन सक्छन् भनेर चर्चित पत्रिकाले नेपालसहितको सूची सार्वजनिक गरेको हो ।
भर्खरै निकालेको सूचीको पहिलो नम्बरमा इरान परेको छ । बेलायत सरकारले इरानको राजधानी तेहरानमा आफ्नो नयाँ दूतावास खोलेसँगै धेरै पर्यटक आउने आशा गरिएको छ । त्यस्तै दोस्रो नम्बरमा कोस्टारिका परेको छ । कोस्टारिकामा रहेको प्राकृतिक सुन्दरता, वनजंगल, समुद्री किनारले पर्यटकको मन लोभ्याउने आशा गरिएको छ । यस्तो छ, सन् २०१६ मा घुम्नैपर्ने विश्वका १६ सहरको सूची ः

१. इरान
२. कोस्टारिका
३. वासिंगटन डिसी, अमेरिका
४. आयरल्यान्ड
५. क्युबा
६. नेपाल
७. सांघाई, चीन
८. मोजाम्बिक
९. सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडिन्स
१०. बोस्निया एन्ड हर्जगोभिनिया
११. समरसेट, बेलायत
१२. रियो दे जेनेरियो, ब्राजिल
१३. काजकिस्तान
१४. अर्जेन्टिना
१५. सान सेबास्टियन, स्पेन
१६. द ग्रेट बेरियर रिफ, अस्ट्रेलिया

बर्ष १४, अंक १०, पुस २०७२