यसअघिका विश्व रेकर्ड तोड्दै सन् २०१५ अत्यधिक गर्मी भएको वर्ष बनेको छ । त्यस्तै आउँदो २०१६ पनि अत्याधिक गर्मी हुने विश्व मौसम विज्ञान संगठनले बताएको छ ।
एल निनो मौसमी चक्रको कारण तापक्रम बढ्ने विश्व मौसम विज्ञान संगठनले चेतावनी दिएको हो । जेनेभामा २७ नोभेम्बरमा आयोजित मौसम परिवर्तनसम्बन्धी अन्तरक्रियामा ६ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने अनुसन्धानकर्ताले बताएका हुन् ।

पेरिसमा भएको विश्व नेताको शिखर सम्मेलनमा भएको निर्णयअनुसार तापक्रम अघिल्लो वर्षको तुलनामा २ डिग्री सेल्सियस (३ दशमलव ६ फोरनहाइट) सम्म खतरनाक रहेको बताइएको छ । जलवायु परिवर्तन रोक्ने प्रयास गर्न २०१० मा नै यो योजना लागु गरेको थियो ।

‘हो, यो २ डिग्रीको लक्ष्य राख्न अझै पनि सम्भव छ, तर काम गर्न हामी जति पर्खन्छौं त्यति नै काम गर्न गाहे भइसकेको छ,’ विश्व मौसम विज्ञान संगठनको निर्देशक माइकेल जेराउडले उक्त सम्मेलनमा बताए । ग्रिनहाउस ग्यासको धेरै छिटो र तेज परिदृश्य रहेकाले गर्दा उक्त खतरालाई रोक्न निकै छिटो र बलियो निर्णय लिनुपर्ने बताइएको छ । तर त्यो पेरिसमा जारी सम्मेलनको निर्णयले बताउने छ ।
तापक्रम बढ्न एल निनो तापक्रम १६ देखि २० प्रतिशतसम्म जिम्मेवार रहेको जेराउडले बताए । एल निनोले प्राकृतिक रूपमै समुद्र सतह तापमान, मौसम ढाँचा, भोकमारी र बाढीजस्ता प्रकोप निम्त्याउने बताइएको छ । अक्टोबरदेखि जनवरीसम्मको एक प्रारम्भिक अनुमानअनुसार औसत तापक्रम ० दशमलव ७३ को अनुपातमा रहनेछ, जुन १९६१ र १९९० को १४ डिग्री सेल्सियसमाथि र पूर्व औद्योगिक अवधि १८८० देखि १८९९ को १ डिग्री सेल्सियसको वरिपरि रहेको विश्व मौसम विज्ञान संगठनले बताएको छ ।

१९६१ देखि १९९० को अवधिभन्दा माथि २०११ देखि २०१५ सम्मको अवधि अत्यधिक गर्मी रहेको रेकर्ड छ, जसमा करिब ० दशमलव ५७ डिग्री सेल्सियस (१.०१ फरेनहाइट) ले वृद्धि भएको बताइएको छ ।
संसारको १० न्यानो वर्ष १९९८ देखि २००५ सम्म देखा परेको विश्व मौसम विज्ञान संगठनले बताएको छ । वातावरणमा ग्रिनहाउस ग्यासको स्तर विगत ३० वर्षमा झैं हरेक वर्ष नयाँ रेकर्ड राखिरहेको र एल निनो जारी रहने सम्भावना रहेकाले २०१६ पनि गर्मी रहने अनुमान गरिएको छ ।

बर्ष १४, अंक १०, पुस २०७२