के तपाईं पैसा खर्च गरेर छुट्टी मनाउने सोचमा हुनुहुन्छ ? कुनै पनि ठाउँमा जानुअघि त्यस ठाउँको बारेमा राम्रोसँग बुझेर मात्र भ्रमणमा निस्केको राम्रो हुन्छ । लन्डनमा रहेको लिगाटम इन्स्टिच्युटले आफ्नो वार्षिक विश्व सूचकांक परिणाम जारी गरेको छ, जसअन्तर्गत स्वास्थ्य, अर्थ व्यवस्था, उद्यमशीलता र अवसरजस्ता विभिन्न विधा रहेका छन् । तपाईं छुट्टी मनाउन जाने सोचमा हुनुहुन्छ भने यी ठाउँ उपयुक्त हुनेछन् ।

नम्बर एक देश नर्वे (तस्बिरमा)
यो वर्ष, अन्य देशलाई जितेर विश्वको घुम्नैपर्ने देशको सूचीको एक नम्बरमा नर्वे परेको छ । नर्वे अर्थतन्त्रको हिसाबले चौथो नम्बरमा परेको छ भने उद्यमशीलतामा पाँचौं स्थान ओगट्न सफल भएको छ । राज्यव्यवस्था सुशासनमा आठौं नम्बरमा रहेको नर्वे स्वास्थ्यको दृष्टिकोणमा पनि निकै अगाडि छ । व्यक्तिगत स्वतन्त्रतामा तीन नम्बरमा र सामाजिक उत्तरदायित्वमा दोस्रो नम्बरमा रहेको छ ।

शीघ्र धनी बन्दै इन्डोनेसिया
इन्डोनेसिया अन्य देशको तुलनामा शीघ्र धनी बन्ने अध्ययनले देखाएको छ । गएको सात वर्षमा इन्डोनेसियाले अर्थ व्यवस्थामा निकै सुधार गरेको छ । लगानी, उद्यमशीलता र अवसरलाई प्राथमिकता दिएकाले अन्य देशको तुलनामा सफल भएको हो ।
इन्डोनेसियाले कुल गार्हस्थ उत्पादन २६ प्रतिशतबाट घटाएर २१ दशमलव १ प्रतिशत पु¥याएको छ । जुन अत्यन्तै कठिन कार्य हो । यो देशमा मानिस आफ्नो लवाइखुवाइ र जीवनशैलीसँग अत्यन्तै खुसी छन् । आफ्नो जीवनसँग अत्यन्तै खुसी रहेका मानिस ६३ देखि ७१ प्र्रतिशतसम्म छन् ।

खतरापूर्ण अमेरिका
अमेरिका घुम्नका लागि अधिक खतरा रहेको लिगाटमले निष्कर्ष निकालेको छ । अघिल्लो वर्ष सुरक्षा उपसूचकमा ३१ औँ स्थानमा रहेको अमेरिका अहिले दुई स्थान माथि चढेर ३३ औँ स्थानमा रहेको छ । अमेरिकामा धेरै राज्यमा हिंसा जारी रहेको उल्लेख छ । एमनेस्टी इन्टरनेसनलले पनि अमेरिकालाई साउदी अरबको राजनीतिक स्तरको हिंसाको रूपमा परिभाषित गरेको छ ।

स्वतन्त्र देश क्यानडा
विश्वको सबैभन्दा स्वतन्त्र देशको रूपमा क्यानडा रहेको छ । व्यक्तिगत स्वतन्त्रताको नम्बर एकमा क्यानडा रहेको अनुसन्धानले देखाएको छ । धेरै आप्रवासी नागरिक रहेको क्यानडामा ९२ प्रतिशत त्यहीँका जनता पनि आप्रवासी नागरिकका लागि सहमत छन् । क्यानडा सहिष्णुताका लागि पनि पाचौं नम्बरमा छ ।

बर्ष १४, अंक १०, पुस २०७२