बेइजिङमा निस्केको धुलोको मुस्लोेका कारण त्यहाँका स्थानीय बासिन्दा घरभित्रै बस्न बाध्य छन् भने त्यहाँका विद्यालय, कार, कलकारखाना र निर्माण कार्य पनि उच्च जोखिममा छन् । हालैका दिन कार पनि सडकमै राखिएका थिए भने मान्छेहरू मास्क लगाएर हिँडेका थिए ।

आठ वर्षीय झाओ हानसियाओ स्कुल जानु नपाउँदा कुनै दुःख नलागेको तर साथीहरूसँग बाहिर खेल्न जान नपाउँदा अत्यन्त दुःखी रहेको बताउँछिन् । उनले भनिन्, ‘जताजतै कुहिरै कुहिरो लागेको छ, हामी घरबाट बाहिर निस्कन सक्दैनौं ।’ राजधानीका अन्य बच्चा जस्तै झाओ पनि दिनहुँ कुहिरो हेर्न आउने गरेकी छन् । ‘भविष्यमा पनि यस्तो कुहिरो पक्का देख्न पाइनेछ,’ उनी भन्छिन् ।

बीमा गर्ने र पानी बेच्ने झाङ जिङटी पनि आफ्नो बाध्यताले गर्दा हिँड्नुपरेको बताउँछिन् । सरकारले घरबाहिर निस्कन प्रतिबन्ध गरे पनि आफ्नो काम गरिरहेको उनी बताउँछिन् । ‘लामो समयसम्म म घरबाहिर निस्कनैपर्ने हुन्छ, यसरी कुहिरोमा हिँडिरहँदा मलाई क्यान्सरको खतरा हुनसक्छ, त्यसैले हामीले वातावरण जोगाउनेतर्फ ध्यान दिनुपर्छ,’ उनी भन्छिन् ।

कुहिरोकै कारण डिसेम्बर ८ का दिन बेइजिङमा ३,६९० ओटा गाडीले नियम उल्लंघन गरेको पाइयो । त्यसको भोलिपल्ट पनि बेइजिङमा हावाको गुणस्तरको प्रदूषणको स्तर २५० र ३०० पिएमको बीचमा रहेको बताइएको छ । जुन २ दशमलव ५ को स्तरमा हुनुपर्ने हो । उक्त परिसूचकले विश्व स्वास्थ्य संगठनले जारी गरेको सुरक्षास्तरमा हावाको अवस्था अत्यन्तै भयानक रहेको देखाउँछ । विश्व स्वास्थ्य संगठनले ८ देखि १० सम्मको हावाको गुणस्तरलाई सामान्य मानेको छ । तथापि चीन र विश्वका अन्य कयौं देशमा पनि चीनको भन्दा भयानक कुहिरो लागेको देख्न सकिन्छ । चीनलाई उक्त प्रदूषणको समाधान दुई वर्षभित्र खोज्न चेतावनी दिइएको छ ।

केही स्थानीयवासी सामूहिक रूपमा उक्त ठाउँ छाडेर अन्यत्र घुम्नका लागि निस्केका छन् । यो खतरनाक कुहिरोले विशेषगरी उत्तरी चीन र पूर्वी चीनको बीचमा धेरै प्रभाव पारेको छ । चीन सरकारले वातावरण सरसफाइमा दिएको प्राथमिकताको बाबजुद पनि यस्तो प्रदूषण भएको हो । यो प्रदूषण जनसंख्या वृद्धि, आर्थिक वृद्धि, निर्माण र कलकारखाना, कोइला, बोटबिरुवालगायतले भएको हो ।

चीनमा वातावरण प्रदूषण हुनुको मुख्य कारणको रूपमा कोइलालाई लिइएको छ तर पनि चीन अझै ५० प्रतिशत कोइलामा नै निर्भर छ, जसले गर्दा अहिले चीनको हावामा स्वास्थ्यमा असर गर्ने प्रदूषण रहेको एक अध्ययनले देखाएको छ ।

बर्ष १४, अंक १०, पुस २०७२