वैशाख १२ गते आएको भुइँचालोले विश्व सम्पदा सूचीमा परेका हाम्रा धार्मिक सम्पदा पनि क्षतिग्रस्त बनेका छन् । यसरी ध्वस्त भएका संरचना बन्न कम्तीमा पनि १० वर्ष लाग्ने समाचार आइरहेका बेला स्थानीय सहभागिताको पनि कुरा चर्को रूपमा अगाडि आएको छ । स्थानीय कला र संस्कृतिको सम्वद्र्धन गर्नु, त्यसको जगेर्ना गर्नु र भावी पुस्ताका लागि संरक्षण गर्नु स्थानीयको कर्तव्य हो, यसमा सरकारले आर्थिक र प्राविधिक सहयोग गर्नुपर्छ भन्ने कुरा पनि उठिरहेको छ । विदेशी दाताबाट आएको आर्थिक सहयोगलाई पारदर्शीरूपमा उपयोग गर्दै स्थानीयको सहभागितामा पुनर्निर्माण कार्यलाई अगाडि बढाउनु नै उत्तम विकल्प हो भन्ने स्थानीयले बताउँदै आएका छन् । यसपालिको जनसरोकारमा निशा ओलीले सम्पदा पुनर्निर्माणमा स्थानीय बासिन्दाको भूमिका कस्तो रहन्छ भनेर सोधेकी छन् ।

सम्पदा पुनर्निर्माणमा स्थानीयको भूमिका
गत वैशाखमा आएको विनाशकारी भुइँचालोमा हाम्रो सांस्कृतिक सम्पदाले ठूलो क्षति व्यर्होनुपरेको छ । नेपाललाई विश्वमा चिनाउने सम्पदा क्षतिग्रस्त हुँदा हामी स्थानीय समुदाय नै चिन्तित भएका छौं । आन्तरिक तथा बाह्य पर्यटक दिनहुँ आउँथे, अहिले त वसन्तपुर नै शून्य भएको छ । यसको पुनर्निर्माण गर्न सरकारले चासो देखाउनुपर्छ ।

अहिलेको अवस्थामा सरकारको काम बोल्नेमात्र भएको छ । बोलेर मात्र संस्कृतिको पुनर्निर्माण सम्भव छैन, अब केही गर्ने बेला भएको छ । काठमाडौं त सम्पदाहरूको सहर हो । भुइँचालोले त्यही सम्पदालाई ढालेपछि हाम्रो अस्तित्व नै मेटिने सम्भावना बढेको छ । त्यसैले स्थानीय बासिन्दा पनि अब सचेत हुने बेला आएको छ । सम्पदाकै कारणले काठमाडौं नेपालको राजधानी भएको हो भन्ने मान्यता छ । सम्पदा पुनर्निर्माणका लागि सरकार, नीजि तथा स्थानीय निकाय तथा बासिन्दाबीच समन्वयको आवश्यकता छ । सम्पदा पुनर्निर्माणमा बजेट सरकारले दिनुपर्छ तर मुख्य भूमिका, रेखदेख र सम्पदा संरक्षणमा स्थानीयको भूमिका महŒवपूर्ण हुन्छ । भुइँचालोले गर्दा स्थानीय बासिन्दा पनि त्रसित र आर्थिक रूपमा कमजोर भएका छन्, त्यसैले सरकार, पुरातŒव विभाग र स्थानीय सहभागितामा सम्पदा पुनर्निर्माण गर्नु आजको आवश्यकता हो ।

आफैँले बनाउने हो सम्पदा
सबैभन्दा पहिले त राष्ट्र पुनर्निर्माण गर्ने योजना र संकल्प हुनुप¥यो । योजना तर्जुमा भएपछि स्थानीयको सहभागितामा पुनर्निर्माण कार्य अगाडि बढाउनुपर्छ । सतही रूपमा हेर्दा हामीसँग साधन, स्रोत र जनशक्तिको कमी देखिन्छ तर बेरोजगार युवालाई तालिम दिएर पुनर्निर्माणमा लगाउन सकिन्छ । आफ्नो गाउँ, ठाउँ र भत्केका सम्पदाहरू कुनै विदेशी आएर बनाउने हैनन्, आफ्नो ठाउँ, गाउँ र सम्पदाको संरक्षण हामी आफैँ गर्नुपर्छ ।

सरकारले स्पष्ट खाका बनाई स्थानीय युवालाई परिचालन गरेर पुनर्निर्माण अगाडि बढाउनुपर्ने देखिन्छ । नवनिर्माणका लागि स्थानीय स्तरबाट स्थानीय युवाले चन्दा संकलन गर्नेदेखि लिएर भौतिक सामाग्री जुटाउन सरकारलाई सहयोग गर्न सक्दछन् । सांस्कृतिक धरोहर हाम्रा हुन् भन्ने भावनासहित अगाडि बढ्ने हो भने पुनर्निर्माणको काम सहज हुन्छ । युवाको उचित व्यवस्थापन र श्रमको सही ठाउँमा प्रयोग हुनुपर्छ । रोजगार नपाएर विदेसिने युवा पनि राष्ट्र पुनर्निर्माणमा सहभागी हुन सक्नेछन् ।

सुरक्षाको जिम्मा स्थानीय बासिन्दालाईविनाशकारी भुइँचालो र त्यसपछि लगातार आएका पराकम्पनले देशभर ७१४ सम्पदामा क्षति पुगेका खबर आएको छ । त्यसमध्ये १३३ वटा पूर्ण ध्वस्त भएका छन् । ध्वस्तको सूचीमा रातो मच्छिन्द्रनाथ, काष्ठमण्डप, त्रिपुरेश्वर महादेव, नौतले दरबार, प्रताप मल्लको सालिक, लक्ष्मीनारायण मन्दिर आदि छन् । यसरी ध्वस्त भएका संरचना बन्न कम्तीमा पनि १० वर्ष लाग्ने समाचार आइरहेका बेला स्थानीय सहभागिताको कुरा चर्को रूपमा अगाडि आएको छ ।

स्थानीय कला र संस्कृतिको सम्वद्र्धन गर्नु, त्यसको जगेर्ना गर्नु र भावी पुस्ताका लागि संरक्षण गर्नु स्थानीयको कर्तव्य हो, यसमा सरकारले आर्थिक र प्राविधिक सहयोग गर्नुपर्छ । विदेशी दाताबाट आएको आर्थिक सहयोगलाई पारदर्शी रूपमा उपयोग गर्दै स्थानीयको सहभागितामा पुनर्निर्माण कार्य अगाडि बढाउनु नै उत्तम विकल्प हो जस्तो मलाई लागेको छ । पुनर्निर्माण भन्ने कुरा आजको भोलि हुँदैन, यसका लागि समय लाग्छ, सो समयसम्म पुरातात्विक महŒवका सामानको संरक्षण गर्नु पनि सरकारका लागि चुनौती बनेको छ । बर्खायाम सुरु भएकाले पुराना संरचनाको सुरक्षा गर्नु अहिलेको टड्कारो आवश्यकता हो ।

सम्पदा पुनर्निर्माण राज्यको दायित्व
देशका कतिपय सांस्कृतिक र प्राकृतिक महŒव बोकेका स्थानहरूमा हामी देशवासीले मात्र नभई पुरा विश्वले गर्व गरिरहेको हुन्छ । यी र यस्तै सांस्कृतिक र प्राकृतिक महŒव बोकेका सम्पदालाई सयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन (युनेस्को) ले विश्व सम्पदा सूचीमा सूचीकरण गर्ने गर्दछ । भुइँचालोमा विश्व सम्पदा सूचीमा परेका सम्पदाको नराम्रो क्षति भयो, खासगरी वसन्तपुर, पाटन र भक्तपुर दरबार स्क्वायरसाथै स्वयम्भुनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिरजस्ता सम्पदामा ठूलो क्षति पुग्यो । देशको गरिमाको रूपमा रहेका र पर्यटकलाई लोभ्याउने यस्ता सम्पदाको क्षतिले पर्यटन उद्योगलाई पनि पूर्ण रूपमा असर गर्ने देखिन्छ । यस्ता सम्पदाको पुनर्निर्माण, संरक्षण र सम्बद्र्धन गर्न सकिएन भने मुलुकलाई नै घाटा हुनेछ ।

यस्ता सांस्कृतिक र प्राकृतिक सम्पदा पुनर्निर्माणमा खासगरी सरकारले ध्यान पु¥याउनु जरुरी छ, सरकारलाई निजी क्षेत्र र स्थानीयले पूर्ण सहयोग गरेमा देशभित्रै रहेको स्रोत र साधनको परिचालनमार्फत हाम्रा सम्पदाले पहिलेकै आकार पाउन सक्नेछन्, यस्ता सम्पदाको पुनर्निर्माणमा नेपाल सरकारका अर्थ मन्त्रालय, भौतिक योजना तथा निर्माण मन्त्रालय, स्थानीय विकास मन्त्रालय र पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर आउने आर्थिक वर्षको बजेटबाट पुनर्निर्माणको लागि आवश्यक लागत अनुमान गरी निश्चित बजेट छुट्याएर स्थानीय स्रोत र साधनको परिचालन गर्नुपर्छ ।

स्थानीय सहभागिता अपरिहार्य
भुइँचालोले देशमा धेरै धनजनको क्षति भएको छ । गोरखा, सिन्धुपाल्चोक, दोलखाकासाथै सबैभन्दा धेरै पुरातात्विक संरचना भएको भक्तपुर अनि काठमाडौँ जिल्ला निकै प्रभावित भएका छन् । देशको अर्थतन्त्रमा विशेष भूमिका खेल्ने पर्यटन व्यवसाय यसबाट बढी प्रभावित भएको छ । अरू विभिन्न क्षेत्रको पुनःसंरचनासँगै पुराताŒिवक तथा साँस्कृतिक संरचनाको पुनर्निर्माण कसरी गर्न सकिन्छ भन्नेबारे सोच्न अब ढिला गर्नु हुँदैन ।
विशेषतः त्यस्ता किसिमका संरचना पुनर्निर्माण गर्दा एउटा प्रश्न सबैभन्दा पहिले आउने गर्छ, के फेरि पुरानै आकार र उस्तै आकर्षक संरचना बन्ला त ? पुनर्निर्माण गर्ने बेला विशेषगरी पुरानो ढाँचालाई मर्न दिनुहुँदैन अनि सम्भव भएसम्म भत्किएको संरचनाबाट नै पुनःप्रयोग गर्न सकिने सामग्री जस्तै इँटा, ढुंगा, काठ तथा अन्य सजावटका सामान प्रयोग गर्नु उचित हुन्छ । अझ महŒवपूर्ण कुराचाहिँ स्थानीयवासीको संलग्नता अत्यावश्यक हुन्छ । स्थानीयवासीसँग यस्ता सम्पदा उनीहरूको पहिचानमा मात्र नभएर जीवनयापनसँग पनि जोडिएको हुन्छ । पुनर्निर्माण गर्दा स्थानीयवासीलाई विशेषगरी युवा वर्गलाई प्रत्यक्ष संलग्न गराउनु पर्दछ । ज्यालादारीमा वा स्वयंसेवकका रूपमा उनीहरूको दक्षता र योग्यताअनुसार उचित परिचालन गर्नुपर्दछ । स्थानीयलाई परिचालन गर्नुको अर्को फाइदा त्यसभित्रका बहुमूल्य सामानको सुरक्षा पनि हुन्छ । साथै पुनर्निर्माणका लागि स्थानीयलाई संलग्न गर्दा सम्पदा संरक्षण समिति बनाएर उनीहरूलाई जिम्मेबारी बोध गराउन सकिन्छ । भविष्यमा हुनसक्ने अरू विपत्तिलाई ध्यान दिएर विशेषज्ञको प्रत्यक्ष निगरानी र निर्देशनमा संरचनाको मर्मत गर्न चुक्नुहुँदैन । यसो गर्न सकियो भने देशको इतिहास र संस्कृति झल्किने संरचना पुनः पुरानै आकारमा सबैको मन लोभ्याउने हुनेछन्, जसले देशको आर्थिक तथा सांस्कृतिक विकासमा टेवा पुग्नेछ ।

स्थानीयले नै गर्नुपर्छ
विश्व सम्पादको सूचीमा रहेका हाम्रो सांस्कृतिक धरोहरलाई २०७२ सालमा आएको विनाशकारी भुइँचालोले तहसनहस पारे तापनि केही सम्पदा हामीसँग अझै बाँकी छन् । पूर्ण रूपमा वा आंशिक रूपमा क्षति भएका छन् । स्रोतसाधन र उपयुक्त नीति नियम समयमै बन्न नसक्दा देशले ठूलो क्षति व्यहोर्नु परेको छ । सांस्कृतिक सम्पदा उठ्न नसक्नु भनेको नेपालीका लागि लाजमर्दो कुरा हो । हामीमा स्रोत, साधनको कमी छ, जनशक्ति अभाव छ, साथसाथमा राजनीतिक इच्छाशक्तिको पनि अभाव देखिएको छ । राजनीतिक क्षेत्रमा भएको खिचातानीले देश विकासमा नराम्रो असर परेको छ । तसर्थ, हामी चुप लागेर बस्ने बेला छैन । स्थानीय बासिन्दाले नै केही गर्ने समय आएको छ । सांस्कृतिक धरोहर भनेको हाम्रो मौलिक सम्पदा हो । यो लोप भयो भने सम्पदा र संस्कृति नै लोप हुनसक्छ । भावी पुस्ताले नेपालको सम्पदा देख्न पाउँदैनन्, त्यसैले यो लाचार सरकारको भर नपरी हामीले नै केही गर्ने बेला आएको छ । हामी कुनै पनि हालतमा मौलिक सम्पदाको लोप हुन दिँदैनौं ।

स्थानीय जनताको पहलमा सरकारले केही भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । जसअन्तर्गत पुनर्निर्माणका लागि योजना तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने । पुनर्निर्माण गर्दा आउनसक्ने कानुनी व्यवधानलाई पूर्णरूपमा परिमार्जन गर्नुपर्ने देखिन्छ ।

विदेशीको आर्थिक र प्राविधिक सहयोग
भुइँचालोले मुलुकको चिनारी बनेर खडा भएका विश्वसम्पदा सूचीका ऐतिहासिक धरोहर ध्वस्त भए । यसले व्यापक चिन्ता उत्पन्न गराएको छ तर के ती सम्पदा यसपटक मात्र ध्वस्त भएका हुन् त ? पक्कै हैन । पहिला ध्वस्त भएका सांस्कृतिक सम्पदा स्थानीयको सहभागितामा पुनर्निर्माण भएकै हुन् । अहिले पनि स्थानीयकै सहभागितामा पुनर्निर्माण हुनेछन् ।

भुइँचालोले गारो चर्काएका सम्पदालाई बर्खायामको झरीले झनै क्षति पु¥याउन थालेको छ । बर्खे झरीले मठमन्दिरमा आकर्षक बुट्टा भरिएका टुँडाल, छाना थेग्न प्रयोग गरिएका काठ, झ्याल र ढोका कुहिन सक्छन् । सरकारको मात्रै मुख नताकेर स्थानीयले आफ्नो ठाउँ वरिपरि रहेका त्यस्ता सम्पदा थप क्षति हुनबाट जोगाउन अग्रसर हुनुपर्ने देखिन्छ । देशका विभिन्न भागमा क्षति भएको हुनाले सबै ठाउँमा सरकारले समयमानै आफ्नो उपस्थिति जनाउन नसक्ला, यसलाई अन्यथा नलिई स्थानीय नै आफ्नो गाउँ आफैँ बनाउन अग्रसर हुनुपर्दछ ।

भुइँचालोले ठूलो मात्रामा क्षति गरेका बेला विदेशीको सहयोगलाई अन्यथा लिनुहुँदैन तर उनीहरूको सहयोग आर्थिक र प्राविधिक रूपमा मात्र लिनुपर्छ । पुराताŒिवक, ऐतिहासिक र सांस्कृतिक महŒव बोकेका सम्पदाको आफ्नै मौलिक महŒव रहेको हुनाले त्यसलाई पुनर्निर्माण गर्न स्थानीयलाई अग्रसर गराउनुपर्दछ ।

पुनर्निर्माणका लागि दबाब आवश्यक
भुइँचालोले नेपालमा गरेका विनाशमध्ये विश्व सम्पदा सूचीमा परेका सांस्कृतिक सम्पदाको विनाश पनि एउटा महŒवपूर्ण पाटो हो । मुलुक बिस्तारै सामान्यतातर्फ अग्रसर हँुदै गर्दा यस्ता सांस्कृतिक धरोहरको पुनर्निर्माण पनि महŒवपूर्ण देखिन्छ । विश्व पर्यटन र संस्कृतिमा महŒवपूर्ण यी धरोहर पुनर्निर्माण गर्न सरकार र स्थानीय तवरबाटै यथाशीघ्र पहल हुनु जरूरी देखिन्छ र दुवै पक्षको भूमिका पनि महŒवपूर्ण रहन्छ । यी धरोहरको पुनर्निर्माणमा सरकारी तवरबाट युनेस्कोलगायत अन्य निकायसँग गर्नुपर्ने औपचारिकता पूरा गरी दाता र स्थानीयको समन्वयमा निर्माण थालनी गर्नुपर्छ र यो कार्य अत्यन्त पारदर्शी, विश्वसनीय साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप हुनुपर्छ ।

यसैगरी यो पुर्निर्माणमा स्थानीयको भूमिका पनि उत्तिकै महŒवपूर्ण रहन्छ । स्थानीयले यी धरोहरलाई आफ्नो जिम्मेवारीसमेत ठानी त्यहाँका पुराताŒिवक वस्तुको संरक्षण गर्नुपर्छ साथै स्थानीय तवरबाटै सरकारलाई पुनर्निर्माणका लागि दबाब दिन सकिन्छ । यसैगरी आवश्यक परेको खण्डमा श्रमदान गर्ने र आफूसक्य धनदानसमेत गर्न सक्छन् । कसैसँग यो विषयको सीप भएमा त्यसको पनि उपयोग गर्न सकिन्छ । त्यस्तै, स्थानीय तवरमा समिति खडा गरी कार्यानुगमन र सहयोग लिन सकिन्छ । सांस्कृतिक सम्पदाको पुनर्निर्माणमा सरकार र स्थानीय सहभागी रहने हो भने यो काम सहजरूपमा सम्पन्न हुन सक्छ ।
बर्ष १४, अंक ६, साउन २०७२