हाम्रो बारेमा

हाकाहाकी अब अनलाईनमा ।

पुनः प्रकाशनमा आएको हाकाहाकी मासिकप्रति लेखक, पाठक, शुभेच्छुक तथा विज्ञापनदाताको अत्यधीक चासो, समर्थन तथा सहयोगले इलेक्ट्रोनिक माध्यमको संसारमा पनि हाकाहाकीको प्रवेश संभव भएको छ । यसबाट हरेक क्षण अब हाम्रो सोच, गतिविधि र प्रकाशनहरु विश्वव्यापी पहुँचमा पुग्ने त छँदैछन्, संसारको जुनसुकै कुनामा रहेका नेपाली भाषीहरु माझ बन, वातावरण र दिगो विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्धाहरु, तिनीप्रतिको अवधारणा र व्यवहारका बारेमा खुला बहस शुरु हुनेछ । यो सफलतामा हामी हाम्रा पाठक, बिचारक, शुभेच्छुक, विज्ञापनदाता तथा लेखकहरु तथा स्वयम् यस काममा लाग्ने नेपाल वातावरण पत्रकार समूह (नेवापस) परिवारलाई बधाइ ज्ञापन गर्दछौं ।

हाका–हाकी देशमा स्थापित खुला राजनीतिक वातावरणपछि प्रकाशनमा आएको थियो । निरंकुश राजनीतिलाई प्रजातान्त्रिक व्यवस्थाले विस्थापित त ग¥यो तर आमसंचारका माध्यमहरुले राजनीतिक मुद्धाहरुलाई नै प्राथमिकतामा राखिरहेकाले विकास र जनसरोकारका विषयहरुले पाउनु पर्ने प्राथमिकता पाएनन् । पूरै समाजले राजनीतिक मुद्धाहरुमा अलमलिएर त्यसैलाई चाहिंदो भन्दा बढी प्राथमिकतामा राख्दा विकास र जनसरोकारका मुद्धाहरु छायाँमा परे । जनताका वास्तविक सवालहरुलाई नीति निर्माणकर्तादेखि आमजनसमूदायसम्म पु¥याउने उद्धेश्यले ०५४ सालमा हाकाहाकीको प्रकाशन शुरु गरिएको थियो ।

शुरुमा विकास संचार केन्द्रमार्फत विनय कसजुको संपादकत्वमा हाकाहाकी द्वेमासिक रुपमा प्रकाशित भएको थियो । त्यसमा संचार विज्ञ हेमबहादुर विष्ट डटेर लाग्नु भएको थियो । तेस्रो वर्षको पाँचौं अंकदेखि नेवापसले पूर्ण रुपमा हाकाहाकी प्रकाशन गर्ने जिम्मा लियो र अहिलेसम्म मासिक प्रकाशन गर्दै आइरहेको छ । त्यसैबीच नेवापसले अंग्रेजी भाषामा ‘फेस टु फेस’को प्रकाशन पनि प्रारंभ ग¥यो । जसले अंग्रेजी भाषी विशेषज्ञ, पाठक र दातृ समुदायलाई वन वातावरण,जल वायु परिवर्तन र दीगो विकासका विषयबस्तुबारे अवगत गराइरहेको छ ।

विद्युतीय युगमा द्रुत आश्चर्यजनक आविष्कारहरुले गर्दा कोठामा बसिबसि हातका औंलाहरु चलाएर विश्व जोडिइरहेको छ । कम्प्युटर, मोबाइल र इन्टरनेटले गर्दा अब दिन दिनमा मात्र होइन, छिनछिनमा विश्वभर सूचना सम्प्रेसित भइरहेकोले यो हरेक व्यक्तिको चासो र पहुँचमा पुग्दैछ । यस्तो अवस्थामा बन, वातावरण र दीगो विकासका सवालहरुलाई उठाइरहेको हाकाहाकी लगायतका मल्टिमिडिया प्रकाशनहरु डिजिटल नेटवर्कमा कनेक्ट हुनु समयको माग पनि हो । त्यही मागलाई संबोधन गर्ने क्रममा विश्वभर सबैको पहुँचमा पु¥याउने सामथ्र्यका साथ हाकाहाकी र फेस टु फेसको यो अनलाईन प्रकाशन–प्रसारण शुरु गरिएको छ ।

गैर नाफामुखी संस्थाको रुपमा करीव तीन दशक अघि नेवापसले भित्ते पत्रिका ‘वातावरण’ प्रकाशन गरेर ग्रामीण नेपालमा हलचल ल्याएको यहाँहरुलाई अवगत नै छ । त्यसपछि दक्षिण एशियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा संचालन गरेर सूचनामा आममानिसको अधिकार र पहुँचलाई सहज पार्दै वातावरण र दीगो विकासतर्फ जवर्जस्त ध्यानाकर्षण गराउदै दक्षिण एशियामा परिवर्तनको उदाहरणीय जग हालेको जगजाहेर छ । नेपालको पहिलो साप्ताहिक भिडियो पत्रिका आँखीझ्याल निर्माण र प्रसारण गरेर श्रब्य दृश्यमार्फत जनताले समुदायमा ल्याएका दिगो परिवर्तनका उदाहरणहरु प्रस्तुत गरिरहेकै अवस्थामा थप नयाँ अग्रसरता स्वरुप अनलाइन सेवा शुरु भएको जानकारी गराउछौं । छापा, रेडियो र भिडियो जस्तै अहिलेको अनलाइनलाई पनि तपाईहरुको व्यापक सहभागिता र माया रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।

तीन दशक अघि वातावरण संरक्षण र दीगो विकासका लागि चरणबद्धरुपमा बहसको आवश्यकता छ भनेर नेपाल वातावरण पत्रकार समूहको स्थापना २०४१ सालमा गरिएको थियो । अहिले नयाँ प्रविधिको युगमा सहजै पुग्न सक्ने चरणमा विश्व प्रवेश गरिसकेकोले हामीले पनि त्यसमार्फत आफ्नो अभियानलाई पु¥याउने जमर्को स्वरुप यो अनलाईन सेवा शुरु गरेका हौं । यसमा रहेका सामाग्री साभार गरेर प्रकाशन वा प्रशारण गर्नु भएमा हामीलाई आपत्ती हुनेछैन तर त्यसो गर्दा प्रकाशक, लेखक, फोटोग्राफर वा अनुवादकको नाम राखेर स्रोत खुलाइ दिनु भए हामी आभारी हुने अनुरोध गर्दछौं ।